१९ मंसिर २०८०, मंगलबार

मिथिलामा तीज र चौरचन एकै दिन



राजधानी लाइभ, धनुषा ।

हिन्दू परम्पराका दुई पर्व मंगलबार एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व मंगलबार एकैदिन परेको हो ।

भाद्र शुक्ल त्रितीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व आज (मंगलबार) एकै दिन परेको छ । त्रितीया तिथिमा एक अहोरात्र गरिने तीज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाताले बताएका छन् । तीज पर्व मनाउने नारी सोमबार गए राति ‘दर’ खाएपछि व्रतमा छन् ।

आज दिनभरिजसो त्रितीया तिथिको भोग रहे पनि चौथी तिथिको चन्द्र उदय भने आजै साँझ चौथी लागेसँगै आजै चौरचन मनाइने भइएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताए । “चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुने हुँदा यसपालि तीज व्रत र चौरचन एकै दिन परेका हुन्”, झाले भने ।

चौरचन पर्वमा गाईको गोबरले लिपेर बनाइएको आँगनमाझको चामलको पिठोले बनाइएको अरिपन ९चतुष्कोण० यज्ञस्थलमा दीप प्रज्वलित गर्दै बर्तालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद खुवाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।

हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेट्ने प्रचलन छ । यो व्रत पुरुष महिला जसले गरे पनि हुने भए पनि मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व भदौ शुक्ल चौथीको चन्द्रदर्शन गरेर मनाइने चलन रहेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताए ।

भाद्र शुक्ल चौथीको चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शीतलता प्राप्त हुने जनविश्वास छ । अघि द्वापर युगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ । मैथिल परम्परामा चन्द्र दोष मेटाउने यो पर्व अब मधेसमा बस्ने अन्यले पनि मनाउन थालेका छन् । त्यसैगरी तीज व्रत लिने मिथिलानी ९मिथिलाका नारी० को सङ्ख्या पनि उल्लेख्य देखिन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : ३५ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ