१४ आश्विन २०८०, आइतबार

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा



राजधानी लाइभ, सिन्धुपाल्चोक ।

विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेका हुन् ।

तातोपानी नाका बन्द भएपछि रु एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेका छन् । उनले गत वर्ष मात्र किवीबाट रु पाँच लाख आम्दानी गरेको बताए । सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाएका छन् र १० जना जतिलाई रोजगारीसमेत दिएका छन् ।

सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक रु २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताए । सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् ।

अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष रु ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरु नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् । तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौंमा नै व्यापार व्यवसाय गर्ने गरेका यहाँका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : ३९ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम