राजधानी लाइभ, काठमाडौं ।
शहरी विकास मन्त्रालयमा एउटै प्रकृतिका दुई वटा विभाग खडा गरिएको भन्दै आन्दोलनरत मन्त्रालयका इन्जिनियर कर्मचारीहरुको आन्दोलनप्रति पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले ऐक्यबद्धता जनाएका छन् ।
उनले विना आधार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको स्थानीय पूर्वाधार विकास विभाग (डोली)लाई शहरी विकास मन्त्रालयमा गाभिएकोप्रति आपत्ति जनाएका हुन् ।
भट्टराईले विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमुहमा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीहरुले उठाएको मागहरु प्रति आफ्नो ऐक्यबद्धता रहेको भट्टराईले बताएका छन् । आइतवार सोसाइटी अफ नेप्लीज आर्किटेक्ट (सोना)ले पूर्वप्रधानमन्त्री तथा सोना सदस्य बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएको थियो ।

उक्त विषयलाई गम्भीरतापूर्व लिदै सोमवार पूर्व प्रधानमन्त्री भट्टराईले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई सहरी विकास मन्त्रालयमै पुगेरै आर्किटेक्टहरुको विज्ञताको विकास तथा पेशागत वृतिविकासको सुनिश्चिताको लागि उपयुक्त निर्णय गर्न आग्रह गरेका छन् ।
यसैबीच सोनाले सहरी मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउदै विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमुहमा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीहरुले उठाएको माग सम्बोधन गर्द आग्रह गरेको छ । यस अवसरमा पूर्व मन्त्री एवं सोना सदस्य हिसिला यमी तथा मन्त्रलायका सहसचिव, उपसचिव तथा आर्किटेक्ट (सोना सदस्य) हरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया