राजधानी लाइभ, लमजुङ ।
माओवादी केन्द्र लमजुङको इन्चार्जमा केन्द्रीय सदस्य पारसमणि पौडेल र जिल्ला संयोजकमा प्रदेश सदस्य लालबहादुर गुरुङ चयन भएका छन् । आइतबार पोखरामा सम्पन्न माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इन्चार्जमा पौडेल र संयोजकमा गुरुङलाई चयन गरेको हो ।
बैठकले प्रदेश निर्वाचन क को इन्चार्ज केन्द्रीय सदस्य मधु अधिकारी र ख को इन्चार्जमा केन्द्रीय सदस्य बुद्धिराम गुरुङलाई चयन गरेको छ ।
प्रदेश समिति सदस्यहरूबाट पालिका इन्चार्जहरूमा मध्य नेपाल नगरपालिकामा राम चन्द्र पौडेल, दोर्दी गाउँपालिकामा निरजन कुवर, दूधपोखरी गाउँपालिकामा सतिमाया तामाङ, सुन्दर बजार नगरपालिकामा सुनिल सुनार, मर्स्याङ्दी गाउँपालिकामा होम बहादुर बि।क।, राइनास नगरपालिकामा चन्द्र कान्त न्यौपाने, बेशिसहर नगरपालिकामा हरिजङ तामाङ र क्व्होलासोथर गाउँपालिकामा लालबहादुर गुरुङ चयन भएका छन् ।
यस्तै, लमजुङबाट प्रदेश समिति सदस्यमा नन्दबहादुर कुमाल (सवीन), अजय तामाङ जलालदिन मिया, यशोदा न्यौपाने सन्तोषी गौली र जुना बिकलाई थप सदस्य बनाएको छ ।
प्रतिक्रिया