१५ आश्विन २०८०, सोमबार

निर्माणाधीन अवस्थामा ५१ चार्जिङ स्टेशन, कहाँ-कहाँ बन्दैछन् ? (सूचीसहित)



राजधानी लाइभ, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरिन् । आन्तरिक रुपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै मन्त्री भुसालले चार्जिङ स्टेसनको सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताइन् ।

‘आन्तरिक रुपमा करिब २२ प्रतिशत विद्युत् खपत बढेको छ, आफ्नै स्रोतबाट पानीबाट उत्पादित विद्युत्को प्रयोगले पेट्रेलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ, यसले व्यापार घाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ’, उनले भनिन् ।

विगतमा लोडसेडिङका बेला विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दै आन्तरिक रुपमा विद्युत् खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए ।

‘विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ, तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ,’ घिसिङले भने, ‘यसको हामी अनुगमन गर्छौँ, तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन आग्रह गर्दछु ।’

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरु पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा सानारठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारमा औषत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ९करबाहेक० ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेशन रहने स्थानको सूची
१. विर्तामोड वसपार्क झापा २
२. दमक चार्जिङ केन्द्र झापा २
३. विराटनगर वसपार्क मोरङ १
४. इनरुवा वसपार्क सुनसरी १
५. वेलका चार्जिङ केन्द्र उदयपुर २
६. प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा सप्तरी २
७. हरिऔन रिफ्रेस सेन्टर सर्लाहि १
८. इलाका प्रहरी कार्यालय, निजगढ बारा २
९. हेटौँडा चार्चिङ सेन्टर, रातामाटे मकवानपुर २
१०. पारस वसपार्क चितवन २
११. मुग्लिन पुल चितवन १
१२. इलाका प्रहरी कार्यालय, खानीखोला धादिङ २
१३. साझा सेवा, वल्खु काठमाडौं २
१४. साझा यातायात ललितपुर २
१५. साझा सेवा वनेपा २
१६. नेपाल पुलिस क्लव काठमाडौं १
१७. नेपाल विद्युत प्राधिकरण काठमाडौं १
१८. लुम्विनी प्रदेश प्रहरी कार्यालय, वुटवल रुपन्देही २
१९. इलाका प्रहरी कार्यालय, वर्दघाट नवलपरासी २
२०. भैरहवा वसपार्क रुपन्देही १
२१. इलाका प्रहरी कार्यालय, गोरुसिंहे कपिलवस्तु २
२२. लमही नयाँ वसपार्क दाङ २
२३. नेपाल ए पि अफ स्कुल, कोहलपूर वाके २
२४. सशस्त्र प्रहरी बल , वैद्यनाथ वाहिनी कैलाली कैलाली १
२५. नयाँ वसपार्क, सुर्खेत सुर्खेत २
२६. पर्यटक वसपार्क, पोखरा कास्की १
२७. लेकसाइड कास्की १
२८. वसपार्क र हावा घर नुवाकोट २
२९. सिन्धुलीगढी वसपार्क सिन्धुली १
३०. खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली २
३१. इलाका प्रहरी कार्यालय, वर्दिवास महोत्तरी १
३२. सशस्त्र प्रहरी वल, शैलेश्वरी कन्चनपुर १

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ५१ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि