राजधानी लाइभ, रौतहट ।
रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका– ३ मलाहिटोलथित खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवी, ७० वर्षिया जगिया कुमारी र १८ वर्षिया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् ।
मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् । चट्याङ लागेर एउटै गाउँको एकै पटक तिनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।
खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि शैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया