राजधानी लाइभ, काठमाडौं ।
नेपाली कांग्रेस नेतृत्वको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।
यद्यपि शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।
प्रतिक्रिया