१५ फाल्गुन २०८०, मंगलबार

सोभियत संघका अन्तिम नेता गोर्बाचोभको निधन



एजेन्सी, काठमाडौं ।

शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ ।

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोभले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाले तर त्यसको विघटन रोक्न सकेनन् । उनी सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति दिलायो ।

सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्ता शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्ततस् सोभियत सङ्घकै विघटनसम्म पुर्‍यायो । साथसाथै शीतयुद्धको पनि अन्त गर्न त्यसले मद्दत गर्‍यो । कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोभलाई कहिल्यै माफी दिएनन् । गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घका नेता बनेका थिए ।

त्यतिखेर शक्तिशाली पोलिटब्युरोका उनी सबभन्दा कान्छा सदस्य थिए । उनका पूर्ववर्ती कन्स्टान्टीन चेर्नेन्को एक वर्ष अगाडि ७३ वर्षको उमेरमा बितेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोभले अमेरिकासँग अस्त्र नियन्त्रणका सहमतिहरू गरेका थिए भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध उत्रँदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए ।

पश्चिमा जगतमा उनलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने शर्त निर्माण गर्‍यो । सन् १९९० मा उनलाई पूर्व-पश्चिम सम्बन्धमा ठूलो फेरबदल ल्याउन भूमिका खेलेकोमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे ।

त्यसपछि उनको ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा गयो । सन् १९९६ मा उनले एकपटक फेरि राजनीतिक जीवनमा फर्कने विफल प्रयास गरेका थिए । त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५५ मत मात्र प्राप्त गरे । -बीबीसी

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ५१ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.