एजेन्सी, काठमाडौं ।
साउथ ह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दोस्रो हार व्यहोरेको छ । घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे ।
यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए । जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ ।
यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १-१ गोलको बराबरी खेले ।
प्रतिक्रिया