१९ मंसिर २०८०, मंगलबार

अब नेपालमै सामसङ ब्रान्डका टेलिभिजन बन्ने



राजधानी लाइभ, काठमाडौं ।

दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन अब नेपालमै बन्ने भएको छ। सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन बनाउन लागिएको हो। बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास गरिएको छ।

स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए। उनका अनुसार उद्योग स्थापनामा सामसङ कम्पनीको प्राविधिक सहायता लिइनेछ भने लगानी गोल्छा ग्रुपको हुनेछ।

उद्योग स्थापना गर्न कति लगानी लाग्छ भन्नेबारे अहिले भन्न नसकिने उनको भनाइ छ। ग्रुपले कति आकारका टेलिभिजन यहाँ उत्पादन गर्नेछ भन्नेबारे पनि यकिन नभएको उनले बताए।

गोल्छाका अनुसार टिभी उद्योग एक वर्षपछि सञ्चालन आउने छ। सञ्चालन भएपछि उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाउनेछन्। दैनिक एक हजार टिभी उत्पादन गर्ने कम्पनीको योजना छ।

नेपालमा इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : २५ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ