राजधानी लाइभ, काठमाडौं ।
सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए१३ स्मार्टफोन नेपाल भित्रिने भएको छ । मिड रेन्जमा विश्व बजारमा रूचाइएको यो फोनलाई नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ ।
विशेषगरी कन्टेन्टमा काम गर्ने युवा पुस्ताका लागी यो स्मार्टफोन उपयोगी हुने कम्पनीको दाबी छ । फोनमा ५० मेगापिक्सेलको मुख्या क्यामेरा रहेको छ । एन्ड्रोइड १२ मा आधारित फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । सुरक्षाका लागि नक्स सेक्युरिटी उपलब्ध हुनेछ ।
४ र ६ जीबी र्याम भेरियन्टमा उपलब्ध हुने फोन ३२, ६४ र १२८ जीबी रोममा उपलब्ध हुनेछ । यो फोनमा १५ वाटको फास्ट चार्जिङ सिस्टमसहित ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।
प्रतिक्रिया