१४ फाल्गुन २०८०, सोमबार

क्रिस रकले गरे अस्कर ‘होस्ट’ गर्ने प्रस्ताव अस्वीकार



एजेन्सी, काठमाडौं । 

यो वर्षको मार्चमा भएको अस्कर इभेन्टमा भएको थप्पड काण्ड पछि हलिउड कमेडियन क्रिस रकले आगामी वर्षको अस्कर होस्ट गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् ।

अस्कर २०२२ को बेला अभिनेता विल स्मिथले अस्कर समारोह भइरहँदा होस्ट क्रिसलाई थप्पड हानेका थिए । यो घटनापछि अभिनेता लगातार विवादमा आइरहेका छन् ।

विलले यो घटनापछि अस्कर एकेडेमीबाट राजीनामासमेत दिनुपरेको थियो । यद्यपि उनले सार्वजनिक रुपमा आफ्नो हर्कतका लागि माफीसमेत मागेका थिए । तर, मामला अझ बढ्दै गएपछि उनले राजीनामा दिनु परेको थियो । एकेडेमीले स्मिथलाई १० वर्षसम्म प्रतिबन्ध लगाइसकेको छ ।

क्रिसले पुनः अस्करमा जानु आफ्नो लागि अपराध गरेर फर्किए सरह हुने बताएका छन् । उनले आफूलाई होस्ट गर्ने अफरलाई सन् १९९५ मा भएको ओजे सिम्पसन मर्डर घटनासँग तुलना गर्दै पुनः अस्कर होस्ट गर्नु भनेको आफ्ना लागि ब्राउनलाई उनको आमाको हत्या भएको ठाउँमा पठाउनुजस्तै भएको खुलाए ।

उनले थप्पड काण्डपछि सुपर बलको विज्ञापनमा अभिनयको प्रस्ताव पनि अस्वीकार गरेको खुलाएका छन् । विलले आफ्नो पत्नी जेडा स्मिथमाथि क्रिसले मजाक गरेपछि विलले उनीमाथि थप्पड हिर्काएका थिए । क्रिसले जेडाको मुण्डन शीरमाथि मजाक गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ४७ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२