१६ मंसिर २०८०, शनिबार

तुर्माखाँद गाउँपालिकामा जनप्रतिनिधि आन्दोलित



राजधानी लाइभ, काठमाडौं।

अछामको तुर्माखाँद गाउँपालिकामा जनप्रतिनिधिहरू नै आन्दोलित भएका छन् ।गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले एक्लौटी निर्णय गरेको भन्दै ८ मध्ये ६ वडाका वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यसहित १२ जना कार्यपालिका सदस्य आन्दोलित भएका हुन् ।

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष बिसीका निर्णयविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका हुन् । भदौ ८ गते १२ जना कार्यपालिका सदस्यले विभिन्न चार बुँदे माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरूले कार्यपालिकामा सल्लाह नै नगरी प्रमुख प्रशासकीय अधिकृत ल्याएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आफूखुसी योजना सिफारिस गरेको, कर्णाली जल परियोजनाको कार्यक्रममा आफूहरूलाई जानकारी नै नदिई कर्मचारी छनोट गरेको र कार्यपालिकामा छलफल नै नगरी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेका घरहरूको म्याद थप नगर्नेसम्बन्धी सूचना निकालेको आरोप लगाएका छन् ।

सोही दिन गाउँपालिकाले घर भाडा सम्झौता नवीकरण नहुने सूचना निकालेको थियो । त्यस विरुद्ध उनीहरूले गत सोमबारदेखि गाउँपालिकाको कार्यालयमा धर्ना दिइरहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ०८ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान