१४ फाल्गुन २०८०, सोमबार

‘मध्याह्न, झुल्के घाम र गोधूली’ सार्वजनिक



राजधानी लाइभ, काठमाडौं ।

लेखक तथा पत्रकार ईश्वर दाहालको उपन्यास ‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ शुक्रबार सार्वजनिक गरिएको छ । आख्यानकार बुद्धिसागर, लेखक तथा पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वरले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा उपन्यासमाथि अन्तर्क्रिया गरिएको थियो ।

आख्यानकार बुद्धिसागरले उपन्यासमा लेखकले चली आएको शैलीबाट मुक्त भई नयाँ शैली प्रयोग गरेको बताए । ‘उपन्यास सुरु कसरी भएको छ, त्यसपछि म पूरा पढ्ने कि नपढ्ने निर्धारण गर्छु । नेपाली भाषाका उपन्यासमा प्रारम्भमा खासै काम हुन्न‌। तर उहाँले सुरूवात प्रभावकारी ढङ्गले गर्नुभएको छ । पुस्तकको कथा भन्ने शैली राम्रो लाग्यो,’ बुद्धिसागरले भने ।

उपन्यासका लेखक ईश्वरले आफूले देखेको र भोगेको परिवर्तनलाई उपन्यासका रुपमा लेखेको बताए । ‘समाजमा एउटा वर्गलाई अर्को‌ वर्गले सधैं प्रश्न उठाउँछ । जसले बढी प्रश्न उठाउँछ, ऊ बढी जवाफदेही हुनुपर्छ । तर, कालान्तरमा प्रश्न गर्ने मान्छे जवाफदेही नभएको पाएँ,’ ईश्वरले भने, ‘देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यास लेखेँ ।’ उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ५४ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२