२३ मंसिर २०८०, शनिबार

अवैध सामानसहित तीन भारतीय पक्राउ



राजधानी लाइभ, सप्तरी ।

सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज रु तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।

पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ४१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले