१५ आश्विन २०८०, सोमबार

सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल



भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले मेमोरी खेल गरेको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीलाई ४० ओटा फरक-फरक वस्तुहरू राखेर पहिचान गर्न लगाउने खेल गरेको हो ।

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थी कार्यक्रममा सहभागी थिए । छात्र र छात्रा गरेर भएको कार्यक्रममा छात्र तर्फ मनकामना बोर्डिङ हाइ स्कुलका अबसोज खान प्रथम, सनसाइट बोर्डिङ स्कुलका अनीश चौधरी दोस्रो, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तेस्रो र युनिकहोम स्कुलका आयुसेक घर्ती सान्त्वना भएका थिए ।
त्यस्तै छात्रा तर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम, मिनर्हवा हाइ स्कुलकी लिजा गुरुङ दोस्रो, मनकामना हाइ स्कुलकी सरिना क्षेत्री तेस्रो र एभ्रेष्ट मोर्डन स्कुलकी प्रिङ्का जैसवाल सान्त्वना भएकी थिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले विद्यार्थीको अतिरिक्त सिकाइको लागि सामूहिक विद्यालय परिवारले कार्यक्रम गरेको बताउँदै विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रूपमा विद्यालय लाग्न आग्रह गरे ।

मानिसको सर्ट मेमोरी र लङ मेमोरी मध्ये सामूहिक विद्यालय परिवारले आयोजना गरेको मेमोरी गेम सर्ट मेमोरी भएको बताउँदै विद्यार्थीहरू हरेक क्रियाकलापमा सक्रिय हुनु पर्ने सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

मानिसको स्मरण शक्ति भएकोले सर्वश्रेष्ठ प्राणी भएको बताउँदै विद्यार्थीले लगनशील भएर अध्ययन गर्नु पने सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्व अध्यक्ष राजकुमार गुरुङले बताए । सामूहिक विद्यालय परिवार रुपन्देहीका १८ विद्यालय मध्ये १७ विद्यालयले कार्यक्रममा सहभागिता जनाएका थिए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ११ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि