१९ फाल्गुन २०८०, शनिबार

मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने



भैरहवा । सुगम जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको रुपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ । २०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुबर्षिय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो ।

भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुबर्षिय योजना सहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन् ।

विद्यालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्पन्न संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ, लुम्बिनी प्रदेश योजना आयोग मार्फत ३ वर्षीय योजना सहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमान सहित निर्माण कार्य अघि बढेको मन्त्री खानले भने ।भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सीमित स्रोत साधन शिक्षा दिनमा कठिनाइ भएकोले बहुबर्षिय योजनामा विद्यालयमा बृहद भवन बनाउन लागेको उनले भने ।

यस्ते सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्ज्वल रहेकोले यहाँको शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै वृद्धि गर्नु पर्ने जरुरी रहेको बताए । प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवारमै रहेको बताउँदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुणस्तरका लागि सिस्टम नै परिवर्तन गर्नुपर्ने बताए ।

योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अन्तिम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमान सहित निर्माण कामको थालनी गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : १५ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू