काठमाडौं । गीतकार ध्रुवप्रसाद अम्गाईंको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको स्वर रहेको गीतमा दिपेश परियार र अञ्जना राउतको अभिनय रहेको छ ।
सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । सो गीतको भिडियो एम थ्री मिडिया नेपाल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
गीतकार अम्गाई समाजसेवी र राजनीतिज्ञ समेत हुन् । एकपछि अर्को हिट गीतहरू लगातार श्रोतासामु पस्किरहेका अम्गाईं विगत २० वर्षदेखि प्रवासमा बस्दै आएका छन् । अम्गार्इंका चार दर्जनभन्दा बढी गीतहरू बजारमा आइसकेका छन् ।
जमानत गुमायौ, मिलनमा बिछोड, आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा, माया हे माया, माया तिरिरिरी उनका चर्चित गीतहरू हुन् ।
प्रतिक्रिया