१४ फाल्गुन २०८०, सोमबार

पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला



काठमाडौं ।

पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।

लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा असोज १४ गतेसम्म र ढीलोमा असोज ३० गतेसम्म आइपीओ खुला रहनेछ । स्थानीय बासिन्दाले यसमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरि एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ०६ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२