१९ मंसिर २०८०, मंगलबार

फिलिपिन्समा कोभिडबाट एकैदिन ३१ जनाको मृत्यु



मनिला ।

फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण भएको जनाइएको छ ।

साथै यहाँ कोभिडका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो ।यो समेतगरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोभिडबाट निधन भएको थियो । फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको छ ।

सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित बिहीबार थपिएका बताइएको छ । यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा पनि सङ्क्रमण भएको थियो । तर अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । यहाँको जनसंख्याको ७२.८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : २० बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ