१४ फाल्गुन २०८०, सोमबार

उत्तर भारतमा भारी वर्षाका कारण १० जनाभन्दा बढीको मृत्यु



नयाँ दिल्ली ।

भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १० जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनऊमा मानिसहरू सुतिरहेका बेला उक्त दुर्घटना भएको हो ।

लखनऊमा विगत २४ घण्टादेखि लगातार परेको वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । असामान्य रूपमा परेको भारी वर्षाका कारण शहरका विभिन्न भागमा पानी जमेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारी पियुष मोर्डियालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले भारी वर्षाका कारण पर्खाल भत्किएको बताएका छन् ।

उहाँले भन्नुभयो, “लखनउको दिलकुशा क्षेत्रमा केही मजदुर झुपडीमा बस्दै आएका थिए। रातभरको भारी वर्षाका कारण पर्खाल भत्किएको थियो । मृतकको शव भग्नावशेषबाट बाहिर निकालिएको छ ।”

घटनामा घाइते बनेका केही व्यक्तिलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । राज्य सरकारले मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

अविरल वर्षाका कारण शुक्रबार बिहान विद्यालय बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । साथै, लखनउ र आसपासका धेरै क्षेत्रमा वर्षाको चेतावनी पनि जारी गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : २४ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२