५ आश्विन २०८०, शुक्रबार

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घट्यो



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ ।

२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो ।

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ४३ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।