१५ फाल्गुन २०८०, मंगलबार

‘व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस्’



काठमाडौं ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् । यहाँ आज काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गर्नुभएको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ कलाकार श्रेष्ठले नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उनलाई शुभकामना दिए ।

सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताए । उनले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिए ।

मह जोडी सम्मानित

कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कामपाले सम्मानित गरेको छ । दुवैलाई जनही रु ५१ हजारसहित सम्मान गरिएको हो । कलाकारिताको माध्यमबाट पु-याएको योगदानको कदर गर्दै प्रमुख साहले कलाकार दुवैजनालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सम्मान ग्रहणपछि कलाकार आचार्यले राजधानीको नगरपिता बन्नु सानो कुरा नभएको भन्दै नागरिकको अपेक्षाअनुसार काम गर्न सुझाव दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : २५ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.