२३ मंसिर २०८०, शनिबार

चितवनमा एनएस १२५ विएस सिक्स मोडलको पल्सर मोटरसाइकल



चितवन ।

बजाज कम्पनीको आधिकारिक बिक्रेता एनके मोटर्स भरतपुरले चौबिस कोठीमा एनएस १२५ बिएस सिक्स मोडलको पल्सर मोटरसाइकल सार्वजनिक गरेको  छ । शुक्रबार साँझ भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र बजाजका सेल्स प्रमुख श्रीधर भण्डारीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

सो अवसरमा खनालले सकारात्मक सोच र कामबाट परिवर्तन सम्भव हुने बताए । सो अवसरमा चर्चित गायक गायक प्रमोद खरेल, टिका प्रसाईँले सांँगितिक प्रस्तुति दिएका थिए भने हास्य कलाकार सुमन कार्कीले प्रहसन गरेका थिए ।

कार्यक्रममा एनके मोटर्सका सञ्चालक पदमराज कँडेल, आरुषि मिडिया एण्ड इन्टरटेन प्रालिका अध्यक्ष सन्तोष बस्ताकोटीलगायत कम्पनीका कर्मचारीको सहभागिता थियो ।

दसैँ, तिहार, छठको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्किम ल्याएको छ । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मूल्यको  २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन् ।

यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक, दुई भल्भ,एयर कुल्ड, पांँच गियर, फ्रन्ट डिस्क ब्रेक, ट्युबलेस टायर लगायतका विशेषता छन् । प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलको मूल्य दुई लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ३० बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले