१४ आश्विन २०८०, आइतबार

एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ । पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो ।

महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए ।

उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको महासचिव भुसालले जानकारी दिए ।
संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ५९ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम