१४ फाल्गुन २०८०, सोमबार

‘गत वर्षको बाढीले सर्वस्व लुट्यो, यस वर्ष के हुने हो ?’



बझाङ ।

खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की विरामी पर्नुभएको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उनको परिवार गत हप्ता नेपाल फर्किए । बझाङको तमैल बजारसम्म गाडीमा आएका उनीहरू तमैलबाट भने ‘स्टेचर’का सहारामा आफन्तले सार्कीलाई घर पु-याएका छन् ।

गत वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि यातायातका साधन बन्द छ । छोरा राजु सार्कीले भने, “बिरामी बोकेर आएका, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौँ । हत्तपत्त पहिरो छल्दै अगाडि आयौँ ।”

“कान्छो भाइलाई काकासँग छोडेर आयौँ”, राजुले भने, “डाक्टरले गाउँमै लैजान सुझाव दिएपछि घर आएका हौँ । यता बाटो नै रहेनछ । एक÷दुई जनालाई पनि अघिपछि हिँड्नै नसक्ने ठाउँमा स्टेचरमा दुई अघि दुई पछि मुस्किलले घर पुगेका छौँ ।”

सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैको दुःख बनिरहेको छ । छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काइएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ ।

छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैँ दुःख दिने गरेको खप्तड छान्ना–५ का कृष्ण थापा बताए । “जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छ”, उनले भने, “गत वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिँँड्नुपर्छ । बाटो नै हुँदैन । बनाइएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन ।” बाटो सहज नहुँदा बिरामीलाई बोक्नुप¥यो भने त ज्यान नै तलमाथि हुनसक्ने उनले बताए ।

गत वर्ष असोज ३० गतेदेखि कात्तिक ३ सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौँको भौतिक क्षति भएको थियो भने छ जनाको ज्यानै गएको थियो । मौसम पूर्वानुमान महाशाखाले गत वर्षको बाढीले गलेको जमिन बग्न सक्ने जनाउँदै सतर्कता रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने सङ्कटमा परेका छन् ।

खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खाती भन्छन्, “मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने सङ्केत गरेको छ । अब हाम्रो त कतै जाने ठाउँ पनि छैन । गत वर्षको बाढीले सर्वस्व लुट्यो । यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौँ ।”

उनका अनुसार खातीगाउँमा पानी परेको दिनमा रातभर जाग्राम बस्छन् । दिउँसो आँगनमै जडारीगाड हेरेर टोलाउँछन् । “अब के गर्ने, कता जाने, के खाने पनि टुङ्गो छैन । गत वर्षको बाढीले सबै लुट्यो । अहिले रित्तै छौँ”, उनी भन्छन् । खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउँछन् । “योभन्दा अगाडि बजेट पनि थिएन । अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौँ । अब कार्यान्वयन हुन्छ ।”

उनी विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउँछन् । “गत हप्ता विपद्सम्बन्धी पूर्वतयारीका लागि बैठक पनि बसेको थियो । त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौँ । हाम्रो गाउँपालिकामा रहेको जेसिबीलाई पनि तम्तयार अवस्थामा राखेका छौँ,” उनी भन्छन् । उनले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउँछन् । जडारीगाडले बाटो क्षति पु¥याएका ठाउँमा पनि वैकल्पिक बाटो बनाएको छ । उनका अनुसार घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार पारिएको छ ।

“पहिरोजन्य ठाउँमा पनि नजानका लागि सर्वसाधारणमा अनुरोध गरेका छौँ”, अध्यक्ष खाती भन्छन्, “गाउँपालिकाभरि आएका पहिरामा नहिँड्नका लागि पनि सबैलाई आग्रह गरेका छौँ । कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राखेका छौँ ।”

उनले गाउँपालिकामा गर्भवतीको अवस्था हेरेर सरकारी हेलिकोप्टरको व्यवस्था गर्ने जानकारी दिए । “ असोजमा हुने सुत्केरीको नामावली तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौँ । बच्चा जन्माउन नसक्ने अवस्था भएमा तत्काल हेलिकोप्टरमार्फत ‘रिफर’ गर्नेछौँ । यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ४३ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२