अछाम ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अछामका बाढी पीडितको उद्दार, राहत र पुनर्स्थापनामा कुनै कमी हुन नदिइने बताएका छन् । आइतबार कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउँदै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।
मृत्यु भएकाहरुका परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ मन्त्री कुँवरले राहत समेत उपलब्ध गराएका छन् । राहत वितरण गर्दै मन्त्री कुँवरले अछाममा यस्तो प्रकारको विपत्तिप्रति दुःख समेत व्यक्त गरे ।
उनले राहत वितरण अघि बाढी प्रभावित चारवटै स्थानको स्थलगत समेत अनुगमन समेत गरेका थिए । अहिले थोरै मात्रामा राहत उपलब्ध गराएको बताउँदै भोलिदेखि थप राहत उपलब्धता गराउने समेत उनले जानकारी दिए ।
मन्त्री कुँवरले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई खाद्यान्नदेखि अन्य आवश्यक सामग्री संघीय सरकारमार्फत् उपलब्ध गराइने बताए ।
शुक्रबार राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया