१४ आश्विन २०८०, आइतबार

संविधानको रक्षा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ ।

आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुने उल्लेख गरेका छन् ।

‘संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन्,’ उनको भनाइ छ ।

देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : ४४ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम