काठमाडौं ।
काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन् ।
गोली लागेर सर्लाही गोडैटा नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ। मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको छ।
कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो । अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ। एसएसपपी भरत बोहराले आफू अहिले घटनाकै अप्रेसनमा रहेको बताए। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।
प्रतिक्रिया