१९ मंसिर २०८०, मंगलबार

एड्भोयले ‘अब्रोड स्टडी एक्स्पो’ सञ्चालन गर्ने



काठमाडौं ।

मंगलबार एड्भोयको अब्रोड स्टडी एक्स्पो सञ्चालन हुने भएको छ । एड्भोयको बुद्धनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त एक्स्पोबारे जानकारी दिइएको हो । हात्तिसारस्थित अरन्या बुटिक होटलमा सञ्चालन हुने एक्स्पो विशेषगरी युके र क्यानडा केन्द्रित हुने बताइएको छ । यस्तै उक्त एक्स्पोमा विभिन्न वैदेशिक शैक्षिक गन्तव्यहरूबाट आएका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा समाधान गर्नेछन् ।

पछिल्लो समय युके र क्यानडा विदेश अध्ययन गर्न जाने अत्यधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य भएकाले एक्स्पो आयोजना गरिएको कन्सल्टेन्सीले जनाएको छ ।

एक्स्पोमा युके र क्यानडाका १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरूबाट परामर्शसहित शीघ्र अफर लेटरको सुविधा पाउनेछन् । यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचीबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाउनेछन् ।

एड्भोयका नेपाल निर्देशक फिलिप डिसिले विद्यार्थीको माग अनुसार नै एक्स्पो राखिएको बताए । विद्यार्थीले भोगिरहेकाका भिसा तथा छात्रवृत्तिसम्बन्धी र अन्य जिज्ञासा सम्बन्धी समाधान गराई दुई दिन भित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए । उनले एक्स्पोको भरपुर फाइदा उठाउन पनि विद्यार्थीलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ५४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ