५ आश्विन २०८०, शुक्रबार

शहरी विकास मन्त्रालयका नयाँ इन्जिनियरलाई प्रशिक्षण



काठमाडौं ।

लोक सेवा आयोगबाट शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागमा सिफारिस भएर आएका सिभिल तथा आर्किटेक्ट उपसमूहका ४१ जना नयाँ इन्जिनियरलाई प्रशिक्षण कार्यक्रम शुरू भएको छ ।

विभागको आयोजनामा मंगलबारदेखि ललितपुरको गोदावरीमा शुरू भएको प्रशिक्षण कार्यक्रम ५ दिनसम्म चल्नेछ । कार्यक्रमको पहिलो दिन विभागका उपमहानिर्देशक दिलिपशेखर श्रेष्ठ, नारायणप्रसाद भण्डारी, मन्त्रालयका सहसचिव प्रदीप परियारलगायतले प्रशिक्षण दिएका थिए ।

उनीहरुले विभाग र मन्त्रालयको कार्यक्षेत्र, बजेटको आकार तथा सार्वजनिक प्रशासन लगायतका विषयमा प्रशिक्षण दिएका छन् । कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री मेटमणि चौधरीले गरेका थिए । कार्यक्रममा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, सहचिव मचाकाजी महर्जन, सिडिईहरु हिमाल केसी, परिक्षित कडरिया लगायत सहभागी थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ५६ बजे

३९ शाखा अधिकृतहरुको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक