गोरखा ।
अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताएका छन् । लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा आजदेखि सुरु भएको ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उनले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताए।
“हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ”, उनले भने, “उत्पादन हामी आफैँ उपयोग गर्ने, अरुकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।” अर्थमन्त्री शर्माले त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उनको भनाइ छ । अर्थमन्त्री शर्माले विकासबाट जनताको आर्थिक जीवनमा सांस्कृतिक जीवनमा परिवर्तन गर्न सक्नुपर्ने बताए ।
उनले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पु¥याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गरे ।
संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उनले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न जनताको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताए ।
अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताए।
“लिगलिगकोट नाम मात्र नभएर एउटा इतिहास बोकेको स्थल पनि हो, यहाँको छुट्टै संस्कृति छ र परम्परा छ”, उनले भने, “त्यो राजनीतिक प्रकृतिको पनि भएकाले यसको छुट्टै विरासत छ ।”
उनले पालुङटार नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सबैखालको सहयोग गर्ने बताए ।
प्रतिक्रिया