१६ मंसिर २०८०, शनिबार

बलिउडका कमेडियन राजु श्रीवास्तवको निधन



मुम्बई ।

बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘दिवार’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । सुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न चार पाँच वर्ष संघर्ष गरेका थिए । एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो । पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने ।

उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५० बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान