१४ आश्विन २०८०, आइतबार

निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना



काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए ।

उनीहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी भएका थिए । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उनले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही रु पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्छन् ।

त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख सङ्गिता सुवेदीलाई पनि जनही रु चार लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगले जिल्लाका ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई जनही रु तीन लाख ५० हजार जरिवाना गरेको छ ।

निर्वाचन खर्च विवरण नबुझाएका बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष, निर्मला रोकाया, खजुराका अध्यक्ष डम्मरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुलाई जरिवाना गरिएको छ ।

यस्तै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, डुडुवाका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, नरेनापुरका अध्यक्ष मोहम्मद इश्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवलाई रु तीन लाख ५० हजारसम्म जरिवाना तोकिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५४ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम