२२ मंसिर २०८०, शुक्रबार

दुर्घटनाका घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्न गृहमन्त्री खाणको निर्देशन



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धारमा हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।  गृह प्रशासन र स्थानीय प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउन उक्त निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा गएको जानकारी दिए ।

काठमाडौँबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–२ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए । उनले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

भीमफेदी गाउँपालिकामा आज दिउँसो भएको दुर्घटनामा परेर सात जनाको मृत्यु भएको र १७ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । काठमाडौँबाट हेटौँडाका लागि छुटेको बा३ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  २ : १५ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले