१९ मंसिर २०८०, मंगलबार

त्रिशूली अस्पताललाई ‘न्यानो झोला’ र क्याल्सियम



त्रिशूली ।

नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई ५० हजार थान क्याल्सियम र तीनसय थान ‘न्यानो झोला’ उपलब्ध गराएको छ । अस्पतालमा परीक्षण गराउन पुग्ने गर्भवतीलाई क्याल्सियम तथा सुत्केरी र नवजात शिशुलाई लगाउने कपडासहितको सरसफाइका सामग्री भएको न्यानो झोला बुधबार नगरप्रमुख राजन श्रेष्ठले अस्पताललाई हस्तान्तरण गरे ।

प्रादेशिक मन्त्रालयअन्तर्गत रहेको त्रिशूली अस्पतालले जाँच गर्ने गर्भवतीलाई उपलब्ध गराउन क्याल्सियम र सुत्केरीलाई प्रदान गर्न कपडासहितको सरसफाइका सामग्री अभाव भएको भनेर गरेको आग्रहअनुसार पहिलो चरणमा मागअनुसारको सामग्री उपलब्ध गराएको नगरप्रमुख श्रेष्ठले बताए ।

अस्पतालको मागअनुसार अत्यावश्यक थप सहयोगका सामग्री नगरपालिकाको तर्फबाट उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

नगरपालिकाले अस्पताललाई उपलब्ध गराएको उक्त सामग्री रु तीन लाख ६३ हजार लागतको रहेको छ । सामग्री हस्तान्तरणका क्रममा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले प्रदेशबाट प्राप्त हुने औषधि, जनशक्ति र उपकरण कटौती हुँदा सेवा प्रवाहमा कठिनाइ भएको गुनासो गरे ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जाँच गराउन आउने गर्भवतीलाई क्याल्सियम खान पुर्जी दिए पनि फार्मेसीबाट खरिद गरेर खान बेवास्ता गरेकाले अस्पतालले निःशुल्क उपलब्ध गराउँदा उपभोग गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार कपडा र सरसफाइ संलग्न रहेको न्यानो झोलाले अस्पतालमा सुत्केरी हुने आमा र नवजात शिशुको स्वास्थ्य सुनिश्चिततामा उल्लेख्य सुधार पुग्नेछ ।

नुवाकोट, रसुवा र धादिङसहितका जिल्लाका बिरामीलाई सेवा पुर्‍याउँदै आएको त्रिशूली अस्पताल बागमती प्रदेश सरकारमातहत सञ्चालित छ । यहाँ अत्यावश्यक सामग्री नुवाकोट र रसुवाका स्थानीय तहमार्फत सहयोग प्राप्त भएसँगै सेवा विस्तार र गुणस्तर बनाउन मद्दत पुगेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ०७ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ