काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ । महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका टहरा हटाएको हो । उक्त टहरामा औषधि पसल सञ्चालनमा रहेका थिए ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नक्साविपरीत बनाइएका अवैध संरचना तथा टहरा हटाइएको जानकारी दिए । महानगरपालिकाले बुधबार नक्साविपरीतका टहरा सञ्चालन भएको भन्दै सम्बन्धित पसलेलाई खाली गर्न आग्रह गरेको थियो ।
महानगरको सूचनासँगै केही पसलेले आफ्नो पसलमा रहेका सामग्री अन्यत्र सारेका थिए भने केहीले भने सार्न पाएका थिएनन् ।महानगरले यसअघि काठमाडौँको कोटेश्वर, बानेश्वर, न्यूरोड, नयाँ बसपार्क, सोह्रखुट्टे, बनस्थली, चाबहिल, वसुन्धरालगायतका क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका तथ नक्सा पास नगरेका घर तथा टहरा हटाउँदै आएको छ ।
प्रतिक्रिया