१९ मंसिर २०८०, मंगलबार

सीएनआई रोजगार तथा सीप मेला अगाडि  ‘स्कील ग्याप एनालाईसीस’ आयोजना



 काठमाडौं ।

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेशस्तर र मध्यस्तरका आवेदकहरूका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिँदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।

यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाहरूलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ । सूचना प्रविधि, कृषि, आतिथ्य लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पार्टनर मीड भ्याली इन्टरनेशनल कलेज रहेको थियो ।

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरू रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरूले कर्मचारीहरू माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्यकता अनुसार कम्पनीहरूले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरू आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ ।

कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन  ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरूको कस्तो भूमिका आवश्यक पर्छ रु भन्ने विषयमा केन्द्रित रहेर ‘सिएनआई रोजगार तथा सीप मेला’ आयोजना गर्न लागिएको छ ।

सिएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरूलाई एकै ठाउँमा आबद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ५० बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ