१४ आश्विन २०८०, आइतबार

इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित



काठमाडौं ।

कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो ।

जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा  अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे ।

टी-२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना  विकेट पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । न्युजिल्यान्डले सन् २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रनको सर्वाधिक लक्ष्य पूरा गरेको थियो ।

यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक अविजित ५५ रन बनाए । यस्तै,  बेन डकेटले ४३ रन जोडे ।

पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले २ विकेट लिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : २४ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम