काठमाडौं ।
सरकारले निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले राजधानी लाइभलाई जानकारी दिए ।
सर्वोच्च अदालतले गत जेठ १२ गते उक्त विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै विमानस्थल निर्माण अन्योलमा परेको थियो ।
यता सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ । बजेटमा विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजनाको विकास कार्य अगाडि बढाइने भनिएको छ ।
अधिकांश सांसद तथा सरोकारवालाहरूले राष्ट्रहित र देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उक्त विमानस्थल निर्माण तत्काल अगाडि बढाउन माग गरेका थिए ।
प्रतिक्रिया