१४ फाल्गुन २०८०, सोमबार

गृहजिल्लामा एमाले नेता रावल : छैन चुनावी एजेण्डा, राष्ट्रवादको नारा भजाउँदै



अछाम । 

नेकपा एमालेका नेता भीम रावल गृहजिल्ला अछाम पुगेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा उनी गृहजिल्ला पुगेका हुन् । गत निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता रावल फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने चर्चा छ । यद्यपि यस पटक यसअघि जस्तो उनले जित्ने सम्भावनामा कम रहेको कतिपय अछामी नेताहरू नै बताउने गर्छन् । शुक्रबारदेखि उनी जिल्लामा आयोजित विभिन्न कार्यक्रमहरूमा समेत व्यस्त हुन थालेका छन् ।

कार्यक्रमहरूमा उनले जिल्लाको विकास तथा परिवर्तनको एजेण्डा भन्दा राष्ट्रवादको नारा नै बढी भजाएको देखिन्छ । सरकारले मिलेनियिम च्यालेन्ज कर्पोरेशन एमसीसी पास गरेकोप्रति उनी अछाम पुगेर पनि खरो बिरोध गरिरहेका छन् । उनले आफूहरूले आवाज नउठाएको भए एसपीपी सम्झौता समेत फिर्ता नहुने र नेपाल रणभूमिमा परिणत हुने अवस्था रहेको पनि बताइरहेका छन् ।

निर्वाचनको समय बाहेक बिरलै मात्र गृहजिल्ला पुग्ने गरेका नेता रावल यसअघि नेपाल सरकारको उपप्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री समेत भइसकेका छन् । तर उनको गृहजिल्ला भने हाल पनि पिछडिएको क्षेत्रमै सूचीकृत छ ।

कतिपय समकालीन नेताहरू भीम रावललाई सल्लोको रूखसँग तुलना गर्छन् । उनले आफूबाहेक अरूलाई नेतृत्व विकासको मौका समेत नदिएको पार्टी भित्रकै नेताहरूले नै गुनासो गर्ने गरेका छन् ।

‘भीम रावलजी अछामको लागि सल्लोको रूखजस्तै हुनुभयो । सल्लो आफू मात्रै अग्लो हुन्छ, वरिपरिका बिरुवालाई बढ्न दिँदैन । उहाँको व्यवहार पनि ठ्याक्कै त्यस्तै छ ।’, तत्कालीन एमालेमा रावलसँगै काम गरेका नेकपा एकीकृत समाजवादीका एक नेताले भने ।

विगतमा नेता रावलको स्वकीय सचिवालयमा रहेर काम गरिसकेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर पनि यस पटक अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा रहने चर्चा छ । पार्टी विभाजनपछि मन्त्री कुँवर र नेता रावलबीच बोलचाल समेत बन्द रहेको निकटस्थहरु बताउँछन् ।

बहालवाला मन्त्री समेत रहेका कुँवर अछाममा लोकप्रिय नेता मानिन्छन् । तत्कालीन माओवादी जनयुद्धमा समेत जिल्लामा एमालेको बिउँ जोगाएका मन्त्री कुँवर यस पटक भीम रावललाई भारी पर्ने देखिन्छ ।

जनतासँग प्रत्यक्ष जोडिएका मन्त्री कुँवर लगायतका नेता कार्यकर्ताका कारण चुनाव जित्दै आएका रावलमाथि यसपटक चुनाव जित्नु फलामको चिउरा चपाउनु सरह रहेको नेपाली कांग्रेस अछामका एक नेताले बताए ।

मन्त्री कुँवरले टिकट नपाउँदा समेत रावललाई  यस पटक  चुनाव जित्न लगभग असम्भव देखिन्छ । नेकपा एमालेको विभाजन तथा नेपाली कांग्रेसको बलियो पकडका कारण पनि नेता रावल थप दबाबमा छन् ।

नेता रावलले यस पटक अछाम पुगेर सार्वजनिक कार्यक्रमहरूमा राष्ट्रवादको लामो गन्थन गरेपनि ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको घटनाका बारेमा भने एक शब्द समेत खर्चिएकाे सुनिँदैन, न त कुनै विकास तथा समृद्धिको कुरा नै सुनिन्छ ।

यसअघि पटकपटक सांसद बनिसकेका नेता रावलले सदाझैं अछामको विकास तथा समृद्धिभन्दा राष्ट्रवादको एजेण्डा नै प्रमुखताका साथ उठाइरहेका छन् । काठमाडौंमा समेत घर बनाइसकेका नेता रावलको एजेण्डामा यसपटक पनि जिललाको विकास र समृद्धिको कुराले प्रमुखता पाउन सकेका छैनन् ।

गृहजिल्लामा महा प्राकृतिक विपत्तिमा परेर पीडामा रहेका नागरिकहरूमा समवेदना व्यक्त समेत बिर्सिएका छन् । यद्यपि नेता रावलले प्रतिनिधि सभा बैठकमा भने घाइतेको उद्धार र राहतको कार्यमा तत्काल पहल गर्न सरकारसँग माग गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ५१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२