१५ आश्विन २०८०, सोमबार

मह जाेडीकाे ‘बन्चरेडाडाँ’ लघु चलचित्र सार्वजनिक (भिडियोसहित)



काठमाडौं ।

बन्चरेडाडाँ स्यानिटरी ल्याण्डफिल्ड साइटसम्बन्धी जानकारी दिने उद्धेश्यसहित निर्मित लघु चलचित्र बन्चरेडाडाँ सार्वजनिक भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरेडाडाँ स्यानिटरी ल्याण्डफिल्ड साइट आयोजना कार्यान्वयन इकाईको समन्वयमा उक्त लघु चलचित्र निर्माण भएको हो ।

तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष चासो तथा क्रियाशीलताका कारण उक्त चलचित्र निर्माण अघि बढेको थियो ।

वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जाेडी)को मूख्य भूमिका रहेको लघु चलचित्रको शुभ मुहुर्त समेत तत्कालीन मन्त्री झाँक्रीले नै गरेकी थिइन् । महसञ्चारको ब्यानरमा निर्मित सो लघुचित्रले बन्चरेडाडाँ स्यानिटरी ल्याण्डफिल्ड साइटको महत्व, उपयोगिता र प्रयोगको विधिबारे जानकारी दिने अपेक्षा दिनेछ ।

यस्तै यस लघु चलचित्रले नागरिकलाई फोहोरलाई स्रोतमै वर्गीकरण गरी मात्र विसर्जनका लागि ल्याण्डफिल्ड साइट पठाउन जनचेतना जगाउने अपेक्षा छ ।

भिडियो…

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ०९ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि