काठमाडौं।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा नेपाल कै पहिलो नाडा इभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेको छ। जसमा टिगोर इभी, नेक्सन इभी डार्क तथा नाडा इभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन इभी प्राईम पनि प्रदर्शनीमा थियो।
पहिलो दिन नाडा इभी एक्स्पोको उद्घाटन संगै नेक्सन इभी प्राईम सार्वजनिक गरियो जसमा अवलोकन गर्न आएका ग्राहकहरुको उत्साहजनक प्रतिक्रिया पाएको सिप्रदीले जनाएको छ। ‘न्यू फरेभेर’ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी-मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिङ टाइम आउट जस्ता विशेषताहरु छन्।
‘हामीले इभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्च्यातका सेवा सुविधाबारे बुझ्न आउनुहुने भेट्यौं जहाँ गाडीको बारे उनीहरु आफै जानकार थिए। गाडीको मूल्य भन्दा पनि चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर र सर्भिसिङको जिज्ञासा राख्नेहरुको जमात निकै धेरै थियो,’ सिप्रदीका एक कर्मचारी भने।
बिहिबार शुरु गरिएको इभी एक्स्पो चार दिनसम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटिएको कम्पनीले जनाएको छ। काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनीहलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रेलगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन्।
‘त्यसैगरि इभी मै स्पेयर टायरका साथ्मा चार्जिङ बक्स र चार्जिङ किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजान पाएको भए अझै रमाइलो हुने थियो,’ नाडा इभी एक्स्पो बीच भेटिएका अवलोकनकर्ताको भने।
प्रतिक्रिया