१६ मंसिर २०८०, शनिबार

पर्यटकको आकर्षक केन्द्र बन्दै मनाङको फापर खेती



लमजुङ ।

समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ ।तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ(९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ ।

स्थानीयले प्रायस् जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ ।

मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए । निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ ।

अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरै जनाले होटेल सञ्चालन गर्दै आएका छन् । पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउने गर्छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : ४४ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान