ढाका ।
बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुंगा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । डुंगा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ । अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुंगा आइतबार दिउँसो डुबेको थियो ।
सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, ‘सोमबार बिहान थप सात जनाको शव फेला परेको छ । यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।’ ‘अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ,’ उनले भने ।
’डुंगालाई तानेर किनारमा लगिएको छ । ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको बहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन् । प्रहरीका अनुसार डुंगामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सयौं नदीले घेरिएको बङ्गलादेशमा डुंगा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ । यद्यपि, अझै पनि दक्षिण एशियाली यस मुलुकमा डुङ्गा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ ।
प्रतिक्रिया