२२ मंसिर २०८०, शुक्रबार

आशा लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक शेयर धनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त शेयर किन्न चाहने लगानीकर्ताहरूले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढी मूल्यमा आवेदन दिन सक्नेछन् ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरिद गर्न आह्वान गरेकोमा संस्थापकहरूबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आजभित्र आवश्यक कागजपत्र संकलन गरेर प्रभु क्यापिटलको केन्द्रीय कार्यालय कमलादी काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ०१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले