काठमाडौं ।
नेपाली मूलकी परिजिता बास्तालाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’मा तहल्का पिटेकी छन् । १७ वर्षिया बास्तोलाले ‘द भ्वाइस’को २२ औं संस्करणमा उत्कृष्ट प्रस्तुती दिएकी हुन् ।
बास्तालले गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाएर चारै जना कोचलाई आफूतिर फर्काउन समेत सफल भइन् । भने चारै जना कोचहरूले पनि उनको गायनको तारिफ गरे । उनको गायन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उनको प्रस्तुतीपछि कोचहरू क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टिममा आउन आग्रह गरेका थिए। उनको परिवारले जोनको टिममा जान सुझाव दिएको भिडिओमा देख्न सकिन्छ।
उनले आफू ‘द भ्वाइस’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली रहेको बताइन्। उनले गर्वका साथ चारै जना कोचलाई नेपालबाट ल्याएको रुद्राक्षको माला लगाइदिएकी थिइन्।
प्रतिक्रिया