१५ फाल्गुन २०८०, मंगलबार

साउदी अरेबियाको प्रधानमन्त्रीमा युवराज मोहम्मद बिन सलमान नियुक्त



एजेन्सी, रियाद ।

साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो । तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन् ।

सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराजले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन् । उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमान रक्षा मन्त्री बनेका छन् । यसअघि उनी उपरक्षा मन्त्री थिए ।

आधिकारिक साउदी प्रेस एजेन्सीद्वारा प्रकाशित राजा सलमानको शाही आदेशअनुसार, गृह, विदेश र ऊर्जा सहित अन्य महत्वपूर्ण मन्त्रालयका जिम्मवारी सम्हालेका सलमान गत महिना ३७ वर्ष पुगे । सन् २०१७ देखि उनी राजाको रूपमा आफ्नो बुबाको उत्तराधिकारी हुने पहिलो लाइनमा छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : १३ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.