१९ मंसिर २०८०, मंगलबार

एक करोड बढी लगानीमा बन्यो भुलभुले खानेपानी योजना



लमजुङ ।

मर्स्याङ्दी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ । खानेपानी योजनाको एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन् ।

गाउँपालिकाभित्रका स्थानीयलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ । भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस १ र २ का एक सय ८५ घरधुरी लाभान्वित भएका छन् ।

भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गाउँबासीको श्रमदान २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ र संघीय खानेपानी तथा ढल निकास आयोजनको एक कारोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ लगानीमा खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका सचिव कृष्णप्रसाद घिमिरेले बताए । उनका अनुसार खानेपानीको ओभरहेड टंकी, एक घर एक धारा व्यवस्थित रूपमा निर्माण भएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : २६ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ