१९ फाल्गुन २०८०, शनिबार

रवीन्द्र मिश्र भन्छन् – ‘चामलको बोरामा राखेर नेपालमा बाइबल बाँडिदैछ’



काठमाडौं ।

विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौँदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितिमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंशा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरबार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत भएको बताए । उनले भने, ‘हामी आफू आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरबार भत्काएर नयाँ दिल्लीलाई दरबार मान्नु भएन ।’

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताए । उनले भने, ‘अमेरिकी कूटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधैँ उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्व शक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भ्रष्ट सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’ त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरू आइरहेको उनले बताए । यदि यहाँ द्वन्द्व चर्कियो भने कहिल्यै समाधान नहुने उनको भनाइ छ ।

उनले राजनीति सिंगो देशलाई गाइड गर्ने नीति भएको बताए । तर, यहाँ देशको राजनीति गर्ने कोही भएनन् । पेशा व्यवसाय त सबैले गरेकै होलान् तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको उनको भनाइ छ । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउन गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताए । यसमा वामवादले थप क्षति पुराएको बताए । उनले भने, ‘चामलको बोरामा राखेर बाइबल किन बाढ्ने ? पशुपति मन्दिरमै गएर बाइबल वाचन गर्नुपर्छ र ? तीन चार कक्षामा पढ्ने बालबालिकालाई किन बाइबल पढाउने ?’ उनले आफू पनि क्रिश्चियन देशमा धेरै वर्ष बसेको तर यहाँ जस्तो विचलन नपाएको बताए ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : २४ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू